Logo

जनरल इन्स्योरेन्स कम्पनीको शाखा काठमाडौंको कालिमाटीमा, शाखा संख्या ४० पुग्यो

जनरल इन्स्योरेन्स कम्पनीको शाखा काठमाडौंको कालिमाटीमा, शाखा संख्या ४० पुग्यो



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले काठमाण्डौको कालिमाटीमा आफ्नो शाखा विस्तार गरेको छ । कम्पनीले विस्तार गरेको उक्त शाखाको नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्य कृष्ण गोपाल श्रेष्ठले उद्घाटन गरेका छन ।

कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकार आर्थिक समृद्धी र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धीसगै जोडिनुपर्ने वताएका छन । श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भैपरि आउनसक्ने जोखिमलाई कम गर्न समेत सहयोग पुग्ने वताए ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत एसके तमोटले आगामी आर्थिक वर्ष भित्रै शाखा सजाल सख्या ६० पुर्याउने र अधिकृत पूजी, १ अर्ब रुपैयाँ पुर्याउने जानकारी दिएका छन । हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बीमा, स्वास्थ्य बीमा, पैसाको बीमा, माइक्रो, क्याटल, अन्नबालिको बीमालगायतका काम गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL