Logo

नेपाल लाइफको सदावहार जीवन बीमा योजना सार्वजनिक, यस्ता छन सुविधा

नेपाल लाइफको सदावहार जीवन बीमा योजना सार्वजनिक, यस्ता छन सुविधा



काठमाडौं । नेपाल लाईफ ईनस्योरेन्सले ‘नेपाल लाईफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । केही महिनाअघि मात्र ‘घातक रोग सुविधा योजना’ ल्याएको कम्पनीले आईतबारदेखि लागु हुनेगरी उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीले ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको उक्त योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुनेछ । साथै, आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्नु उक्त योजनाको मुख्य विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार उक्त योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने छ ।

बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उमेर ६५ वर्ष तोकिएको छ । योजनामा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ ।

बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL