Logo

महालक्ष्मी लाईफको जीवन हेरचाह बीमा योजना, दावी भुक्तानीपछि पनि पेन्सन पाईने

महालक्ष्मी लाईफको जीवन हेरचाह बीमा योजना, दावी भुक्तानीपछि पनि पेन्सन पाईने



काठमाडौं । महालक्ष्मी लाईफ ईनस्यारेन्सले आप्mनो चौथो योजना अन्तर्गत जीवन हेरचाह बीमा योजना ल्याउने भएको छ । कम्पनीले एउटै योजनामा टर्म ईन्स्योरेन्स, एन्युटी, पेन्सन लगायतका सेवा समेट्ने गरी उक्त वीमा योजना सार्वजनिक गर्न लागेको हो । कम्पनीले आईतबार देखि सर्वसाधारणका लागि उक्त योजना सार्वजनिक गर्ने जानकारी दिएको छ ।

कम्पनीले केटाकेटी र सन्तानको सुरक्षित भविष्यलाई लक्षित गरी उक्त योजना ल्याएको जानकारी दिएको छ । उक्त योजनामा प्रस्तावकको मृत्यु भएमा ईच्छाईएको ब्यक्तीलाई विमांक रकम एकमुष्ट दिने र विमांक रकम बुझाईसकेपछि पनि बिमांक रकमको २ दशमलव ५ प्रतिशत प्रती ३ महिना निर्वाह भत्ता दिईनेछ ।

यस्तै प्रस्तावकको दुर्घटनामा परी स्थायी अपांग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने र १२ बर्षसम्म त्रैमाशिक रुपमा बिमांक रकमको २ दशमलव ५ प्रतिशत पेनसन पाईने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL