Logo

आजदेखि एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद बिक्री खुला, असार १६ गतेसम्म आवेदन दिन सकिने

आजदेखि एभरेष्ट इन्स्योरेन्सको ३ सय प्रतिशत हकप्रद बिक्री खुला, असार १६ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आजदेखि आफ्नो हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले यस अघि घोषणा गरेको ३ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरमा बैशाख ८ गतेसम्म आफ्नो सेयरधनी कितावमा सेयर भएका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुर्याउन ताकेता गरेको छ । सोही अनुरुप चुक्ता पूँजी पुर्याउका लागि एभरेष्टले आफ्नो हकप्रद बिक्री खुला गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख ८२ हजार रुपैयाँ रहेको छ । अब १ बराबर ३ को अनुपातमा हकप्रद बिक्री गरेसँगै कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धका सिद्धार्थ क्यापिटल रहेको छ । उक्त हकप्रदमा असार १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL