Logo

नेशनल लाईफको शाखा कोहलपुरमा, शाखा संख्या १ सय पुग्यो

नेशनल लाईफको शाखा कोहलपुरमा, शाखा संख्या १ सय पुग्यो



काठमाडौं । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले कोहलपुरमा शाखा विस्तार गरेको छ ।
कम्पनीले संचालनमा ल्याएको उक्त शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जि¬वी चापागाईले उद्घाटन गरेका हुन ।

साथै कम्पनीले नयाँ बीमा योजना अमृत नामक अग्रिम भुक्तानी÷आजीवन बीमालेखसमेत संचालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले पछिल्लो समयमा बीमा प्रति आम नागरिकको विश्वास बढ्दै गईरहेको, नेपालमा बीमाको पहुँच १८ प्रतिशत पुगेको जानकारी दिएका छन ।

देशको आर्थिक विकासका लागि छरिएर रहेको पूँजिको एकिकृत गरी बीमा मार्फत सहि ठाउँमा प्रयोग भइरहेको समेत अध्यक्ष चापागाईले जानकारी दिएका छन ।

बीमा भुक्तानीमा केहि समस्या आईरहेको भए पनि अब बीमाबाट पाउनुपर्ने रकमको भुक्तानीमा कुनै समस्या नआउने उनले दाबी गरेका छन । सबै स्थानिय सरकारसँग सहकार्य गरी र्निजीवन बीमा कार्यक्रम सञ्चालनमा ल्याउन लागेको समेत उनले जानकारी दिए ।

बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीमा २ अर्ब रुपैयाँ चुक्ता पूँजि हुनुपर्ने व्यवस्था भएकोमा कम्पनीको हाल ३ अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी रहेको छ । साथै केही समय भित्र बाँकेको नेपालगञ्जमा समेत क्षेत्रीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष रहेको छ । उक्त शाखासँगै कम्पनीको शाखा संख्या १ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL