Logo

नेपाल लाईफले बोलायो साधारणसभा, लगानीकर्तालाई ४८ प्रतिशत लाभांश

नेपाल लाईफले बोलायो साधारणसभा, लगानीकर्तालाई ४८ प्रतिशत लाभांश



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी जेठ ४ गते आफ्नो १९ औं वार्षिक साधारणसभा डाकेको हो ।

कम्पनी संचालक समितिको बिहीबार बसेको बैंठकले जेठ ४ गतेलाई साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त साधारणसभाले लगानीकर्तालाई साढे ४८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ ।

कम्पनीले यसअघि लगानीकर्तालाई चुक्ता पूँजीको २३ दशमलव ५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको उक्त प्रस्ताव बार्षिक साधारणसभामा पेश हुने भएको छ ।

उक्त बोनस सेयर पारित भएसँगै नेपाल लाईफको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । साथै साधारणसभामा कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अगाडि सारिएको छ ।

कम्पनीले बैशाख १९ गतेदेखि जेठ ४ गेतसम्मको लागि बुक क्लोजको मिति तय गरेको छ । जस अनुसार बैंशाख १७ गतेसम्म कायम भएका सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL