Logo

३ बर्षमा बीमांक फिर्ता हुने बीमा योजना, एलआईसीको ‘धनवृष्टि’ बीमालेख सार्वजनिक

३ बर्षमा बीमांक फिर्ता हुने बीमा योजना, एलआईसीको ‘धनवृष्टि’ बीमालेख सार्वजनिक



काठमाडौं । लाईफ ईन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले प्रति ३ बर्षमा बिमांक फिर्ता हुनेगरी नयाँ बीमालेख सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ‘धनवृष्टि’ नामक बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको उक्त बीमा योजनाको अवधी भने १० देखि १५ बर्षसम्मको हुनेछ । कम्पनीका अनुसार १३ देखि ६० बर्ष उमेरसमुहका ब्यक्तीहरुले लिनसकिने उक्त बीमा योजना अन्तर्गत प्रति ३ बर्षमा बीमांकको ३३ प्रतिशत रकम फिर्ता हुनेछ ।

यो नियम १० बर्षे बीमा योजनामा लागु हुनेछ भने १५ बर्षे बीमा योजनामा भने प्रति ३ बर्षमा बीमांकको १५ प्रतिशत रकम फिर्ता हुनेछ । उक्त योजनामा अधिकतम ७५ लाखसम्मको दुर्घटना लाभ तथा स्थायी असक्तता लाभसमेत उपलब्ध हुनेछ ।

यस्तै उक्त योजनामा बीमाशुल्क भुक्तानीपश्चात बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत पाउने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL