Logo

मासिक ८१ रुपैयाँमै ५ लाखको बीमा, आईजीआई विद्यार्थी बीमालेख सार्वजनिक

मासिक ८१ रुपैयाँमै ५ लाखको बीमा, आईजीआई विद्यार्थी बीमालेख सार्वजनिक



काठमाडौं । आईएमई जनरल ईन्स्योरेन्सले मासिक ८१ रुपैयाँमै ५ लाखसम्मको विद्यार्थी बीमालेख सार्वजनिक गरेको । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै १ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थिलाई लक्षित गरी नेपालमै पहिलो पल्ट ‘आईजीआई विद्यार्थी बीमालेख’ सार्वजनिक गरेको हो ।

कम्पनीले बिमित विद्यार्थिको दुर्घटनाका कारण मृत्यु भएमा विद्यार्थीको हकमा १ लाख र आमाबाबुको हकमा ५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

यस्तै विमित विद्यार्थी पुर्ण अशक्त भएमा बीमांक रकमको ३ सय प्रतिशत अर्थात ३ लाख रुपैयाँ कम्पनीले बहन गर्ने जानकारी दिएको छ । यस्तै सोही अबस्थामा आमा वा बुवाको हकमा भने शतप्रतिशत अर्थात ५ लाख रुपैयाँ बहन हुने कम्पनीले बताएको छ । यस्तै विमित विद्यार्थी अँगभँग भएमा बिमांकको ५० प्रतिशत अथाएक जोखिम कम्पनीले धारण गर्नेछ ।

यस्तो बीमा लेखले नेपालभरका ७३ लाख विद्यार्थीहरुको बीमा गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार हाल नेपालमा निजी विद्यालयमा मात्रै १८ लाख विद्यार्थी अध्ययनरत छन ।

कम्पनीका अध्यक्ष हेमराज ढकालका अनुसार कुनै पनि क्षेत्रका मानीसलाई बीमा क्षेत्रमा सहभागी गराउनका लागि विद्यार्थी बीमालेख ल्याईएको हो । कम्पनीले उक्त बीमालेखका लागि बार्षिक ८ सय ६० रुपैयाँ प्रिमियम तिर्नुपर्ने जानकारी दिएको छ । यो भनेको मासिक भ्याटसहित जम्मा ८१ रुपैयाँ हुन्छ । कम्पनीले सोही बीमालेखमार्फत विद्यार्थीको औषधोपचार खर्च लगायतको जोखिम बहन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL