Logo

नेशनल लाईफ इन्स्योरेन्सको निशुल्क स्वास्थ्य शिबिर, ३ हजार जनाको स्वास्थ्य परीक्षण

नेशनल लाईफ इन्स्योरेन्सको निशुल्क स्वास्थ्य शिबिर, ३ हजार जनाको स्वास्थ्य परीक्षण



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले बझाङमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । कम्पनीले संचालन गरेको उक्त शिबिरमा २ हजार ९ सय ९६ जनाले स्वास्थ्य परीक्षण गरेको छ ।

राम प्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङको आयोजना तथा खप्तड छान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सह प्रायोजनमा सो शिबिर संचालन भएको थियो ।

सोमबार र मंगलबार संचालन भएको उक्त शिबिरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टल हस्पिटलका चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

शिबिरमा सामान्य चिकित्सा, हाडजोर्नी, दन्तरोग, आंखा, स्त्रीरोग, बालरोग लगायका स्वास्थ्य परीक्षण गराएको छ । शिबिरमा उक्त समुखले करिब २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरेको छ ।

प्रतिष्ठानले स्वास्थ्य शिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवा समेत गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL