Logo

सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

सिद्धार्थ बैंक र महालक्ष्मी लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । सिद्घार्थ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्सबीच उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार सिद्घार्थ बैंकले देश भर रहेका आफ्ना १ सय ४६ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिना भित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तैयारी गरिरहेको छ ।

सम्झौतामा सिद्घार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सपना खरेलले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL