Logo

महालक्ष्मी लाईफले गर्याे सातै प्रदेशमा तालिम संचालन, अभिकर्ता तालिमलाई निरन्तरता दिँदै

महालक्ष्मी लाईफले गर्याे सातै प्रदेशमा तालिम संचालन, अभिकर्ता तालिमलाई निरन्तरता दिँदै



कठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार सञ्चालनको गरेको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गरेको छ ।

माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको हो ।

कम्पनीले प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन गरेको छ ।

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पु¥याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ ।

एक महिनाको यो कार्यक्रममा हाल सम्म ६ हजार ३ सय भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन । कम्पनीले २०७५ चैत्र मसान्त सम्म नेपालभर अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा र उपशाखा तथा उपत्यकाभित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तैयारी गरिरेहको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL