Logo

नेपाल लाइफको लगानीकर्ता बोनसको बम्पर अफर, यस्तो छ सेयर र नगदको अनुपात

नेपाल लाइफको लगानीकर्ता बोनसको बम्पर अफर, यस्तो छ सेयर र नगदको अनुपात



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई बोनस सेयरको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश गरी ४८ दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांशको घोषणा गरेको हो । कम्पनीका अनुसार लगानीकर्ताले २५ प्रतिशत बोनस सेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

हाल कम्पनीले चुक्ता पूँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणसँगै कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL