Logo

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफबीच सम्झौता, २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा हुने

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफबीच सम्झौता, २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा हुने



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता भएको छ ।

पुनर्बीमा र प्रभु लाईफबीच नेपाल सरकारले चालु आर्थिक बर्षको बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको हो ।

बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन ।

उक्त व्यवस्थाले चालु आव को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL