Logo

रमेश कुमार भट्टराई बने महालक्ष्मी ईन्सुरेन्सका सिईओ, ४ बर्षको कार्यकाल

रमेश कुमार भट्टराई बने महालक्ष्मी ईन्सुरेन्सका सिईओ, ४ बर्षको कार्यकाल



काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको सिईओमा मंगलबारदेखि कार्यभार सम्हाल्ने गरी कम्पनीको संचालक समितिले ४ वर्षको लागि नियुक्त गरेको हो ।

उनि वाणिज्य विषयमा स्नातकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका हुन । बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेका उनी बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी अवधि कार्य गरेका छन् ।

लाईसेन्स नदिएर संचालनमा आउन नसकेको उक्त बीमा कम्पनीलाई बीमा समितिले संचालन लाईसेन्स दिएपछि तत्कालै भट्टराई सिईओमा नियुक्त भएका हुन । उनले अब छिट्टै कम्पनीको मुख्य कार्यालय स्थापनासँगै जीवन बीमा सेवा संचालन ल्याउने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL