Logo

नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता, नेपालमै पुनर्बीमा

नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता, नेपालमै पुनर्बीमा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सबीच पुनर्बीमा व्यवस्थाका लागि सम्झौता भएको छ ।

चालु आर्थिक वर्ष २०७५÷०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि बुधबार सम्झौता गरेको कम्पनीले जानकारी दिएको छ ।

पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि चालु आवको आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL