Logo

सानिमा लाईफले ‘दम्पती जिबन बीमा’ योजना ल्याउँदै, यस्ता हुनेछन सुविधा

सानिमा लाईफले ‘दम्पती जिबन बीमा’ योजना ल्याउँदै, यस्ता हुनेछन सुविधा



काठमाडौं । सानिमा लाईफ ईन्सुरेन्सले नयाँ जिवन बीमा ल्याउनका लागि तर्जुमा गरेको छ । कम्पनीले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुलाई लक्षित गरी सानिमा दम्पती जीवन बीमा योजना ल्याउन लागेको हो ।

कम्पनीले उक्त योजनामा एउटै वीमा लेखमा श्रीमान तथा श्रीमती लाई जीवन वीमा प्रदान गरिने जानकारी दिएको छ । कम्पनीले आर्जन गरेको मुनाफामा सरिक भई आर्थिक सुरक्षा तथा वचत गर्न पाईने हँुदा जीवन बीमाको क्षेत्रमा उत्तम योजना सावित हुने कम्पनीको अनुमान छ ।

कम्पनीले उक्त योजनामा न्युनतम बीमाङ्क ५० हजार राखेको र न्युनतम प्रवेश उमेर २१ बर्ष र अधिकतम उमेर ५० बर्ष तोकेको छ । बीमा अवधि भने जम्मा ३० बर्ष राखेको कम्पनीले सार्जजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त योजना अन्तरगत बीमा समाप्ती मितिमा दुवै वा कुनै एक दम्पती जीवीत रहेमा वीमाङ्क र पुरा अवधिको वोनस एक मुष्ट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । यस्तै वीमा अवधि भित्र वीमा लेख चालुरहेको अवस्थामा वीमीत दम्पती मध्ये कुनै एकको मृत्यु भएमा वीमाङ्क र रकम भुक्तानी पाईने छ । साथै कम्पनीको उक्त योजनामा वीमा लेख चालु रहेको अवस्थामा वीमीत दम्पती मध्ये बाँकी जीवीत बीमितको मृत्यु भएमा वीमाङ्क समानुपातिक आर्जित वोनस एक मुष्ट भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।

सानिमा दम्पती जीवन बीमा योजना अन्र्तगत जीवन बीमा गरी न्यूनतम २ बर्षको बीमा शुल्क भुक्तानी पश्चात बीमा लेख चुक्ता बीमा लेखको लागि योग्य हुने कम्पनीले जानकारी दिएको छ । त्यस्तो बीमा लेख बाट बीमितले चाहेमा समर्पण मूल्य प्राप्त गर्न सकिने छ । बीमा समिति बाट स्वीकृति विधि प्रयोग गरी वैज्ञानिक तरिकाले समर्पण मुल्य निर्धारण गरिने छ र बीमा लेखको धितोमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

यस्तै वीमीतले उक्त योजनामा थप वीमा शुल्क तिरी पुरक करारको रुपमा दुर्घटना मृत्यु लाभ अपाङ्गरअशक्त सुविधा पनि लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL