Logo

सानिमा जनरल ईस्योरेन्सको नयाँ शाखा विरगंजमा, चालु आवमा नेपालभर २० शाखा विस्तार गर्दै

सानिमा जनरल ईस्योरेन्सको नयाँ शाखा विरगंजमा, चालु आवमा नेपालभर २० शाखा विस्तार गर्दै



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आफ्नो नयाँ शाखा विरगंजमा संचालनमा ल्याएको छ । कम्पनीले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखाको उद्घाटन गरेको हो ।

उक्त शाखाको कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल तथा सहायक महा प्रवन्धक अनिल राज गिरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

कम्पनीले २०७५÷०७६ सम्ममा नेपालभर २० वटा शाखा कार्यालयहरु स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।

सबै प्रकारका निर्जिवन बीमाहरु योजनाहरु जस्तैः मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबीमा र लघुबीमा मार्फत देशभर बीमाको पहुँच नपुगेका क्षेत्रहरुमा समेत बीमाको छिटो छरितो, सर्वसुलभ पहँुच साथै यथोचित सुविधा पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको पनि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL