Logo

सानिमा लाईफको नयाँ बीमा योजना सार्वजनिक, ३ गुणासम्म सुविधा पाईने

सानिमा लाईफको नयाँ बीमा योजना सार्वजनिक, ३ गुणासम्म सुविधा पाईने



काठमाडौं । सानिमा लाईफ ईन्सुरेन्सले ‘शुभ लक्ष्मी’ जिवन बीमा योजना सार्वजनिक गरेको छ । जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको उक्त योजना कम्पनीले आईतबार मात्रै सार्वजनिक गरेको हो ।

उक्त योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने कम्पनीले जानकारी दिएको छ ।

साथै उक्त योजना मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको पनि कम्पनीेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सरल बीमा शुल्कमा १० लाख रुपैयाँ सम्मको बीमा गर्न पाईने हुनाले उक्त योजना उत्कृष्ट हुने कम्पनीको अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL