Logo

सर्वसाधरणलाई सेयर जारी गर्दै सानिमा लाईफ, एकै दिन ३ शाखा विस्तार,

सर्वसाधरणलाई सेयर जारी गर्दै सानिमा लाईफ, एकै दिन ३ शाखा विस्तार,



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले एकै दिन ३ शाखा विस्तार गरेको छ । इन्स्योरेन्सले चावहिलको चुच्चेपाटी, कोटेश्वरको तिनकुने र काठमाडौंको सुन्धारामा बुधबार शाखा विस्तार गरेको हो ।

अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको इन्स्योरेन्सले जानकारी दिएको छ ।
विस्तारित उक्त शाखाको कम्पनीका संचालक घनश्याम थापा, जीवा लामिछाने तथा सदभावना दुत नायीका स्वस्तीमा खडकाले संयुक्त रुपमा उदघाटन गरेका हुन ।

इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ भने जारी पुँजी २ अर्ब रुपैयाँ र चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सले सर्वसाधरणलाई जारी पूँजीको ३० प्रतिशत सेयर बिक्री गरी चुक्ता पुँजी २ अर्ब पुर्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL