Logo

सुर्या लाईफको बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल, लगानीकर्तालाई ७० प्रतिशत हकप्रद सेयर

सुर्या लाईफको बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल, लगानीकर्तालाई ७० प्रतिशत हकप्रद सेयर



काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एशिया क्यापिटलबीच सम्झौता भएको छ ।

कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशियालाई नियुक्त गरेको हो । कम्पनीले १०ः७ को अनुपातमा साविकका सेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशियालाई नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले सो सम्झौतामा आईतबार हस्ताक्षर गरेका छन ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एनआईसीले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL