Logo

सन नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ बीमा योजना, १८ घातक रोगको उपचारमा आर्थिक सुरक्षा

सन नेपाल लाइफ इन्स्योरेन्सले ल्यायो नयाँ बीमा योजना, १८ घातक रोगको उपचारमा आर्थिक सुरक्षा



काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्सले नयाँ बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकका लागि लागि १८ खालका घातक रोगको उपचारार्थ आर्थिक सुरक्षा दिने उद्देश्यले नयाँ योजना सार्वजनिक गरेको हो ।

यस्तो सुविधा १६ वर्षको उमेर देखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध पूर्ण सुरक्षा प्रदान गर्ने कम्पनीको दावि छ ।

उक्त योजनाको विशेषता भनेको न्युन बीमा शुल्कमा बीमितको भविष्य सुरक्षित गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।

उक्त सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैंकास्युरेन्स सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL