Logo

लुम्बिनी जनरल इन्स्योरेन्सको शाखा बौद्ध र कलंकीमा, शाखा संख्या ३९ पुग्यो

लुम्बिनी जनरल इन्स्योरेन्सको शाखा बौद्ध र कलंकीमा, शाखा संख्या ३९ पुग्यो



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले काठमाडौंको बौद्ध र कलंकीमा शाखा विस्तार गरेको छ ।
कम्पनीले बौद्धमा ३८ औं र कलंकीमा ३९ औं शाखाको रुपमा शाखा विस्तार गरेको हो ।

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले सो शाखाको उदघाटन गरेका छन ।

साथै कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरिएको छ ।

उक्त एप्सको सहायताले ग्राहकले मोबाइलबाटनै फाएर अण्डरराईटीङ, स्मार्ट क्लेम सर्भिसको सुबिधा प्राप्त गर्न सकिनेछ ।

हालै मात्रसंयुक्त अधिराज्यमा रहेको युनाईटेड रजिस्ट्रार अफ सिस्टमबाट गरिएको बिस्तृत लेखापरीक्षण पछि कम्पनीलाई आईएस स्टान्डर्ट सर्टिफिकेट आईएसओ ९००१ ः २०१५ समेत प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL