Logo

आइएमई लाइफको सिईओमा भट्ट नियुक्त, बैंकिङ क्षेत्रमा २० बर्षको अनुभव

आइएमई लाइफको सिईओमा भट्ट नियुक्त, बैंकिङ क्षेत्रमा २० बर्षको अनुभव



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा चन्द्र भट्ट नियुक्त भएका छन ।
आईतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई सिईओमा नियुक्त गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत पदको सपथ गह्रण गर्दै भट्टले आफुसँग रहेको कार्य अनुभबको प्रयोग गरी कम्पनीलाई जीवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट स्थान हासिल गर्न आफु सदैब प्रयासरत रहने बताएका छन ।

भट्टले आफ्नो बैंकिङ करियर नेपाल इन्भेष्टमेन्ट बैंकबाट सन १९९८ मा सुरु गरी २०११ सम्म आई पुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेका थिए ।

उनले मेघा बैंक लिमिटेडमा पनि करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरी सकेका छन ।

पछिल्लो समय भट्ट बिभिन्न बैंक तथा बित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरुमा आबद्ध रहँदै आएका छन । भट्टसँग रेमिट टु नेपाल प्रा.लिको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभब समेत रहेको छ ।

साथै भट्टले कम्पनीलाई हालको स्थितिसम्म पुर्याउन सहयोग गर्ने नियमनकारी निकायहरु बीमा समिति, कम्पनी रजिष्टारको कार्यालय तथा कम्पनीको सञ्चालक समिति, संस्थापक शेयरधनीहरु लगायत सबैलाई सहयोग गर्न समेत आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL