Logo

एशियन लाईफको बिक्री प्रबन्धकमा एनआईबिएलएस, ७५ लाख हकप्रद सेयर बिक्री

एशियन लाईफको बिक्री प्रबन्धकमा एनआईबिएलएस, ७५ लाख हकप्रद सेयर बिक्री



काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी र एनआईबिएलएस क्यापिटल बीच सम्झौता भएको छ ।

इन्स्योरेन्सले १० बराबर ६ सेयरको अनुपातमा ७५ करोड ४० लाख रुपैयाँ बराबरको हक प्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ तथा क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार कम्पनीले निष्काशन गर्न लागेको हक प्रद सेयर क्यापिटल मार्फत बिक्री वितरण गर्ने छ ।

कम्पनीले प्रति सेयर एक सयका दरले ७५ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्काशन सँगै कम्पनीको कुल चुक्ता पूँजीरु २ अर्ब १ करोड रुपैयाँ पुग्ने छ ।

५ अर्ब अधिकृत पूँजी रहेको कम्पनीको हाल चुक्तापूँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको जीवन बीमा कोष १३ अर्ब १३ करोड रुपैयाँ र कूल लगानी १२ अर्ब २९ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले २८ शाखा तथा ७१ उप–शाखा मार्फत सेवा पैदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL