Logo

प्राईम लाईफको ‘प्राईम जीवन उपहार’ योजना सार्वजनिक, यस्ता छन् सुविधा

प्राईम लाईफको ‘प्राईम जीवन उपहार’ योजना सार्वजनिक, यस्ता छन् सुविधा



काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्सले ‘प्राइम जीवन उपहार’ सार्वजनिक गरेको छ ।

सो योजनाको बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँईले एक कार्यक्रमका बीच शुक्रबार सार्वजनिक गरेका हुन ।

योजना अन्तरर्गत बीमा समाप्ती हुने मिति अगावै बीमितको मूत्यु भएमा मूल र अनिवार्य सहायक दुवै बीमालेखको बीमाङ्क रकम नियमानुसार एक मुष्ट भुक्तानी दिनेछ ।

बीमितले बीमाङ रकमको आधारमा ५० लाख रुपैयाँ सम्मको दुर्घटना, मृत्यु लाभ तथा बीमाशुल्क छुट तथा अपाङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको चुक्ता पूंजी १ अर्व ७८ करोड रुपैयाँ, जिवन बीमा कोष ६ अर्व ५४ करोड रुपैयाँ तथा २०७४÷७५ को खुद नाफा २१ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

साथै देशभरका १ सय ३५ भन्दा बढी स्थानवाट जीवन वीमा सम्वन्धी सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL