Logo

आइएमई जनरल इन्स्योरेन्सको दुई शाखा विस्तार, थप १२ शाखा विस्तार गर्दै

आइएमई जनरल इन्स्योरेन्सको दुई शाखा विस्तार, थप १२ शाखा विस्तार गर्दै



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले दुई शाखा विस्तार गरेको छ । इन्स्योरेन्सले चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा बुधबार शाखा विस्तार गरेको हो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले टांडी शाखाको उदघाटन गरेका छन । त्यस्तै कावासोती शाखाको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उदघाटन गरेको इन्स्योरेन्सले जानकारी दिएका छन ।

कार्यक्रममा बोल्दै श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देश भरीनै शाखा विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने बताएका छन ।

विस्तारित शाखा सँगै कम्पनीको शाखा कार्यालय ४० पुगेको छ । कम्पनीले ४० शाखा २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टर सहित ५२ स्थानबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

कम्पनीले १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी गरी कम्पनीको चुक्ता पूंजी ९७ करोड २० लाख रुपैया पुर्याउने र ५ प्रतिशत बोनस सेयर प्रदान गरी कम्पनीको चुक्ता पुंजी १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याउने भएको छ । साथै थप १२ शाखा विस्तार गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७४÷०७५ मा १ अर्ब ९२ लाख रुपैयाँ बीमा शुल्क उठाउन सफल भएको छ जुन अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL