काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार भट्टराईलाई पुनः नियुत्त गरेको छ । संचालक समितिले भट्टराईलाई साउन १ गतेदेखि लागु हुनेगरी पुनः सीईओमा नियुक्त गरेको हो ।
उनलाई थप ४ बर्षका लागि सीईओ पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । यसअघि उनी प्राईम लाईफमा सीइओको पदमा कार्यरत थिए । ४ बर्षको कार्यकाल सकिएपछि उनलाई पुनः नियुक्त गरिएको हो ।