Logo

सिटिजन्स लाइफको विद्यार्थीसँग बीमा अभियान, जन स्तरमा जीवन बीमाको महत्व बुझाउँदै

सिटिजन्स लाइफको विद्यार्थीसँग बीमा अभियान, जन स्तरमा जीवन बीमाको महत्व बुझाउँदै



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जनचेतना जगाउने उद्देश्यका साथ विद्यार्थीसँग बीमा अभियान सुरु गरेको छ ।

नेपालमा करिब १० प्रतिशत आम मानिसले मात्र जीबन बीमा गरेको र अधिकांश मानिसहरु जीवन बीमा योजना, यसका सुविधा तथा योगदानका विष्यमा अनभिज्ञ रहेकाले यो योजना सुरु गरेको इन्स्योरेन्स कम्पनीले जानकारी दिएको छ ।

विद्यार्थीलाई विद्यार्थी जीवन देखीनै बीमाको बारेमा जानकारी गराउने र भोलीका दिनमा ब्यवहारीक ज्ञानले झन बढी प्रभावकारी हुने भएकाले कम्पनीले विद्यार्थी सँग बीमा अभियान ल्याएको हो ।

अभियान अन्तरर्गत विद्यार्थीले बीमाको महत्व बुझने र बीमाको बारेमा जनचेतना जगाउने तथा भविस्यमा बीमा सम्बन्धी अध्ययन गरेर बीमा बिज्ञ भई कार्य गर्न सक्ने अपेक्षा सहित कार्यक्रम लिएर आएको कम्पनीले जानकारी दिएको छ ।

काठमाडौंबाट सुरु गरेको यस अभियानलाई देश भरिनै लैजाने र बढी भन्दा बढी शैक्षिक संस्थाहरु मार्फत धेरै विद्यार्थीहरु माझ लैजाने कम्पनीको कार्यक्रम रहेको छ ।

शनिबार देखी सुरु भएको यस अभियानलाई सिटिजन लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसडर बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक पौडेलले अभियानको सयुक्त सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL