Logo

अजोड इन्स्योरेन्सको ब्यवसायिक सेवा सुरु, संस्थापकको ७० प्रतिशत लगानी

अजोड इन्स्योरेन्सको ब्यवसायिक सेवा सुरु, संस्थापकको ७० प्रतिशत लगानी



काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले आजदेखि व्यवसायीक सेवा सेवा सुरु गरेको छ ।

अजोड ईन्स्योरेन्सले बीमा समितिबाट व्यवसायीक कारोबारको स्वीकृति प्राप्त गरेसँगै बिहीबार देखी सेवा सुरु गरेको हो ।

कम्पनीका अध्यक्ष विनोद विष्टले कम्पनीको कर्पाेरेट कार्यालय सिटिसि मल सुन्धाराबाट उक्त सेवाको सुरु गरेका हुन् ।

२०६४ चैतमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७४ बेशाख १५ गते वसेको विशेष साधारण सभाको निर्णय अनुसार कम्पनीको अधिकृत पूँजी र चुक्ता पुँजी १ अर्ब रुपैयाँ मध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने गरी पूँजी बृद्धि गरिएको छ ।

कम्पनीको प्रथम संचालक समितिको अध्यक्षमा बिनोद प्रसाद बिष्ट लगायत ४ जनाको समिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL