काठमाडौं । जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ ।
मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताएका छन ।
निर्माण कम्पनीमध्ये ३ वटाले ३÷३ योजना अधूरो बनाएर छाडेका छन । तिनमा निर्माण सेवा धादिङ, आजीवन निर्माण सेवा धादिङ र डिभाइन लाइट कन्स्ट्रक्सन भरतपुर रहेका छन ।
त्यसैगरी पूजा कन्स्ट्रक्सन धादिङ र पृथ्वी निर्माण सेवा धादिङले पनि २÷२ आयोजना अलपत्र बनाएर छाडेको जिप्रकाले जानकारी दिएको छ ।
काम अधूरो छाड्ने मध्ये चितवनका ११ तथा अन्य धादिङ र काठमाडौँका रहेका छन ।
अधूरो काम छाड्ने अन्य कम्पनीमा भिजन कन्स्ट्रक्सन, नाना कन्स्ट्रक्सन धादिङ, प्यालदोर हिमाल निर्माण सेवा धादिङ, ओएस इञ्जिनीयरिङ निर्माण सेवा, विराज÷शिवशक्ति÷न्यू तीन कन्या जेभी चितवन छन ।