काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
बिहीबार एक कार्यक्रमका बीच कम्पनीले सो साधारणसभा आयोजना गरेको हो । साधारणसभाको अवसरमा कम्पनीले नया संचालक समितिको चयन गरेको छ ।
कम्पनीले ४ सदस्यीय संचालक समितिमा डा. आत्माराम घिमिरे, सुभाष अमात्य, रामेश्वर सापकोटा र मनिराम पोखरेल चयन भएको जानकारी दिएको छ ।
साधारण सभाले १० बर्ष यताको संचालक समितिको प्रतिवेदन, वासलात लगायत सर्वसाधारणको लागि साधारण शेयर निष्काशन गर्ने विषयहरु पारित गरेको छ ।