Logo

आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि बीच सम्झौता, आइएमईका ग्राहकले निशुल्क स्वास्थ्य सेवा पाउने

आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि बीच सम्झौता, आइएमईका ग्राहकले निशुल्क स्वास्थ्य सेवा पाउने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बिच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले आइएमइ जनरल इन्सुरेन्सका ग्राहकलाइ नगदरहित सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।

सो सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म बि एण्ड बि अस्पाताल बाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बि एण्ड बि अस्पतालका उप निर्देशक डा. निरज लाल बैद्यले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL