Logo

धनगढीमा प्रभु लाईफको प्रदेश कार्यालय, बीमा सेवालाई गाउँगाउँमा पुर्याउन सहयोग

धनगढीमा प्रभु लाईफको प्रदेश कार्यालय, बीमा सेवालाई गाउँगाउँमा पुर्याउन सहयोग



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले विहीवार धनगढीमा प्रदेश कार्यालयको स्थापना गरेको छ ।

प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले विहीवार एक कार्यक्रमका बीच कार्यालय उदघाटन गरेको प्रभु लाइफले जानकारी दिएको छ ।

कार्यक्रममा मुख्य मन्त्री भट्टले नेपालमा जीवन बीमाको सम्भाब्य बजार धेरै भएकाले र बीमा कम्पनीहरुले थप उत्तरदायी भएर सहज रुपमा जीवन बीमा सेवा उपलब्ध गराउन बिशेष भुमिका खेल्नु पर्ने जोड दिएका छन ।

प्रदेशहरुमा यसरी नयाँ बीमा कम्पनी सञ्चालनमा आउँदा थप रोजगारीका अवसरहरु सृजना हुने तथा बीमा बजारलाई समेत विस्तार गर्न सघाउ पुग्ने मन्त्री भट्टले बताए । प्रदेश सरकारले व्यवसायीहरुलाई लगानीमैत्री कानुन बनाई व्यावसायीक बातावरण बनाउन कटीबद्घ रहेको मन्त्री भट्टले बताएका छन ।

कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उदेश्य सहित कम्पनी स्थापना भएको बताउँदै बीमा बजारमा इन्स्योरेन्सले नयाँ आयाम थप्ने दाबी गरेका छन ।
‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं’। ‘गाउँका किसानदेखि साना व्यापार गर्ने सम्मलाई लक्षित गरेर बीमा पोलिसी ल्याउनेछौं’ उनले भने ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कम्पनीका हाल बिभिन्न १९ शाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र छिटो भन्दा छिटो कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल बिस्तार गर्ने बताएका छन ।

२ अर्ब रुपैंया चुक्ता पूँजी रहेको कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैंया लगानी गरेको छ । कम्पनीले केही समयभित्रै ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गरिने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL