Logo

सानिमालाईफको तिन शाखा विस्तार

सानिमालाईफको तिन शाखा विस्तार


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । सानिमालाईफ इन्स्योरेन्सले उपत्यका लगायतका बिभिन्न ठाउँमा शाखा विस्तार गरेको छ ।

बुधबार भएको कार्यक्रममा काठमाण्डौको सोल्टीमोड, भक्तपुरको सल्लाघारी र काभ्रेपलान्चोकको बनेपामा थप शाखा सञ्चालन गरेको जनाएको छ ।

अत्याधुनिक स्तरको प्रविधि युक्त जीवनवीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले थप ३ शाखा सञ्चालन गरेको शाखाका संचालक घनश्याम थापाले बताए ।

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्व, जारी पूँजी २ अर्व र चुक्क्ता पुँजी १ अर्व ४० करोड रहेको छ ।
जारी पूँजीे ३० प्रतिशतको निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्तापुँजी रु २ अर्ब कायम गरिने बिज्ञप्तीमा उल्लेख छ ।

कार्यक्रममा बिभिन्न संघ संस्थाको प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL