Logo

सिटिजन लाइफ इन्स्योरेन्सको शाखा बुटवल र भैरहवामा

सिटिजन लाइफ इन्स्योरेन्सको शाखा बुटवल र भैरहवामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुटवलमा क्षेत्रीय शाखा र भैरहवामा शाखा कार्यालयको विस्तार गरेको छ ।

मंगलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल तथा कम्पनीका ब्रान्ड एम्बेष्डर हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा शाखाहरुको उद्घाटन गरेका हुन ।

उक्त शाखा कार्यालय संचालन पश्चात ग्राहकवर्गमा बिमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीकोे छ ।

हाल कम्पनीले नेपालभर ३४ शाखा कार्यालय तथा ४ ओटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु बाट अत्याधुनिक प्रविधिद्धारा ग्राहकलाइ जीवनबीमा सेवा प्रदान गर्दैै आइरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सबै थरीका जीवन बीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।

यसका साथै कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL