Logo

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा

नेशनल लाइफ इन्स्योरेन्सको नयाँ शाखा न्यूरोडमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले न्यूरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका वीच सो शाखाको उद्दघाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कम्पनीको व्यवसाय बृद्धि गर्ने क्रममा यस क्षेत्रका ग्राहकहरुलाई सेवा विस्तारमा सहयोग पु¥याउने प्रयोजनको लागि नयां शाखा खोलिएको बताइन ।

सिंहले कम्पनीको व्यवसाय सन्तोषजनक रहेको र चालु बर्षको पहिलो ६ महिनामा २ सय ४३ करोड बराबर प्रिमियम आर्जन भएको जानकारी गराइन ।

यसका साथै उनले कम्पनीको जारी बीमालेख संख्या ८ लाख नाघेको र बीमितहरुको लागि ६१ देखि ८० को उच्चतम बोनस दर कायम गर्न सफल रहेको बताइन् ।

उक्त शाखा उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइले समग्रमा हेर्दा कम्पनीको प्रस्तावित ६० प्रतिशत हकप्रद शेयर जारी भएपछि २०७५ साल असार मसान्त भित्र चुक्ता पूजी २ अर्ब पुग्ने विश्वास प्रकट गरे ।

उनले यस क्षेत्रमा बीमालेख व्यतित हुने समस्या (ल्याप्स रेसियो) बारे सुधार गर्नु पर्ने स्थिति रहेको र यसको लागि अभिकर्ता र कर्मचारीलाई राम्रोसंग तालिम दिन आवश्यक रहेको जानकारी दिए ।

यसका साथै चापागाईले गुणस्तरीय जनशक्तिको व्यवस्था गर्न बीमाको उच्च स्तरीय पढाईको लागि छलफल भइरहेको बताए । साथै सम्पुर्ण बीमा कम्पनीहरुको संयुक्त प्रयासमा एउटा तालिम प्रदान गर्ने संस्था को व्यवस्था गर्न लागेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL