Logo

एलआईसी नेपालले शुरु गर्यो ‘पेन्सन बीमा योजना’, ५० % पेन्सन सुविधा

एलआईसी नेपालले शुरु गर्यो ‘पेन्सन बीमा योजना’, ५० % पेन्सन सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एलआइसी नेपालले  ‘पेन्सन अब नो टेन्सन’ सन्देशका साथ पेन्सन बीमा योजना शुरु गरेको छ । ‘जीवन अक्षय १’ नामक उक्त पेन्सन सेवा न्युनतम ४० देखि ७५ वर्षसम्मका ग्राहकलाइ लक्षित गरी सुरु गरिएको कम्पनीले जानकारी दिएको छ ।

सोमबार एक समारोहकाबीच सो बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले सेवाको औपचारिक रुपमा शुरुवात गरे ।

उक्त योजना बीमा चालु हुनासाथ पेन्सन लिन मिल्ने नेपालको पहिलो र एकमात्र योजना भएको कम्पनीको दावि छ । योजनामा विमितले शुरुबाट नै आजीवन र निजको मृत्युपश्चात पति/पत्नीलाई पनि जीवनभर ५० प्रतिशत पेन्सन सुविधा दिने प्रावधान राखेको कम्पनीले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ ।

बीमा समितिबाट पारित उक्त योजनामा वर्तमान दर तथा विमितको उमेर अनुसार बीमांक रकममा सर्वाधिक ११ दशमलव ७७ प्रतिशतसम्म रकम पेन्सनको रुपमा पाउन सक्ने छ ।

एलआईसी नेपालको कामु प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले आम नागरिकहरुलाई पेन्सनको माध्यमबाट आर्थिक सुरक्षा दिन सक्ने कुरामा कम्पनी विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL