Logo

आइएमई जनरल इन्स्योरेन्सको थप ३ शाखा तथा उपशाखा संचालनमा

आइएमई जनरल इन्स्योरेन्सको थप ३ शाखा तथा उपशाखा संचालनमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले झापाको दमक, सुनसरीको इटहरी दुई नयाँ शाखा स्थापना गरेको छ । साथै मोरङको विराटचोकमा एक उपशाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीको उक्त शाखाहरुको उद्घाटन कम्पनीका संचालकद्धय योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्र रुपमा उद्दघाटन गरे ।

शाखा उद्घाटन मारोहमा स्थानिय उद्योगी, व्यापारीहरुलगायत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका संचालक समितिका सदस्यद्धय ढकाल र पाण्डेले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

कम्पनीको  आज उद्घाटन भएको शाखा सहित २६ वटा शाखा, ३ वटा उपशाखा कार्यालय पुगेका छन् । साथै १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४० स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गरिरहेको छ ।

निकट भविष्यमानै थप १४ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्ने योजना कम्पनीको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आफ्ना ग्राहक महानुभावहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिए ।

कम्पनीले दोश्रो त्रैमासिकसम्म रु.४३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL