Logo

सानिमा लाइफ इन्स्योरेन्सको जीवन वीमा व्यवसाय शुरु, नयाँ योजनाहरु प्रस्तुत गर्ने लक्ष्य

सानिमा लाइफ इन्स्योरेन्सको जीवन वीमा व्यवसाय शुरु, नयाँ योजनाहरु प्रस्तुत गर्ने लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले जीवन वीमा व्यवसाय शुभारम्भ गरेको छ । सो  वीमाको वीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले शुभारम्भ गरे ।

सानिमा बैक तथा गैर आवसिय नेपालीहरुको समुहद्धारा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रबद्र्धन गरिएको छ ।
कम्पनीको कार्य शुभारम्भमा सानिमा सरल तथा एकल भुक्तानी (सावधिक) जीवन वीमा योजनाको सुबिधा छ । त्यस्तै सानिमा दिर्घायु (सावधिक तथा आजीवन) जीवन वीमा योजना,सानिमा धनपति (अग्रिम भुक्तानी) जीवन वीमा योजना रहेको कम्पनीले जानकारी दिएको छ ।

भविष्यमा वीमा विशेषज्ञ वीमांकी बाट तर्जुमा गरिएका सर्वसाधारणले रुचाएका नविनतम जीवन वीमा योजनाहरु जन समक्ष प्रस्तुत गरि जीवन वीमाको क्षेत्रमा अग्रणी भुमिका निभाउने लक्ष्य कम्पनीले लिएको छ । यस कम्पनीको अधिकृत पुजी ३ अर्ब र जारी पुजी रु २ अर्ब रहेको छ । जारी पुजी मध्ये रु १ अर्व ४० करोड चुक्ता भै सकेको छ ।

नियमनकारी निकायबाट जारी निर्देशन अनुसार निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा शेयर विक्री गरी चुक्ता पुजी रु २ अर्व कायम गरिनेछ ।

 

त्यस्तै कम्पनीले हालै आफनो प्रथम वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ । सो साधारणसभाले कुमारप्रसाद कोइराला, घनश्याम थापा, डा. सुवर्णदास श्रेष्ठ रश्री बद्रि विशाल घिमिरेलाई सञ्चालक समितिमा निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL