काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नारायणकुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको १४२औं सञ्चालक समिति बैठकले चार बर्षका लागि भट्टराईलाई नियुक्त गरेको हो।
भट्टराईले पुणे यनिभर्सिटीबाट बिएससी तथा मणिपुर युनिभर्सिटीबाट एमबिए गरेका छन्।
उनीसँग लाइफ इन्स्योरेन्स कर्पोरेशनमा करिव ९ बर्कार्षको अनुभव छ ।
उनी २०६८ मंसिरबाट गुराँस लाइफमा सहायक महाप्रबन्धकमा रुपमा नियुक्त भएका थिए।