Logo

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा चन्द्रगढीमा, ३ महिनामा १७ करोड ७५ लाख नाफा

नेपाल लाइफ इन्स्योरेन्सको उपशाखा चन्द्रगढीमा, ३ महिनामा १७ करोड ७५ लाख नाफा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले झापाको चन्द्रगढीमा नयाँ उपशाखा कार्यालय स्थापना गरेको छ । सो उपशाखाको बीमा समितिका नि कार्यकारी निर्देशक श्रीमान कार्कीले उद्दघाटन गरे ।

कार्यक्रममा उनले जीवन बीमा क्षेत्रले केही समयदेखि अर्थतन्त्रमा उत्साहजनक योगदान पुर्यारहेको र बैंकिङ क्षेत्रसँग स्वस्थ प्रतिशपर्धा एवं परिपुरक क्षेत्रको रुपमा भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीको बजार विस्तार रणनीति अन्र्तगत चालु आवमा शाखा तथा उपशाखा कार्यालय विस्तारमा जोड दिदै आएको जानकारी दिए ।

उनले कम्पनीले अभिकर्ताहरुलाई समाजमा स्थापित गर्न प्रयास गरेकोले यहाँसम्म आइपुगेको बताए ।

कम्पनीले चालुआवको प्रथम त्रैमासिकमा ३ अर्ब ८० करोड कुल बिमा शुल्क आम्दानी गरेको छ । खुद नाफा गत आवको सो अवधिको तुलनामा ३ गुणाले बढी १७ करोड ७५ लाख रुपैयाँ पुगेको बताएको छ ।

यसैगरी कम्पनीको जीवन बीमा कोषमा २६ दशमलब ४७ प्रतिशतले बृद्धि भई ४३ अर्ब ३६ करोड तथा कुल लगानी ४० अर्ब ५५ करोड रुपैयाँबाट ५० अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL