Logo

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा गौरादहमा , चालु आवमा ७५ओटै जिल्लामा सेवा विस्तार गरिने

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा गौरादहमा , चालु आवमा ७५ओटै जिल्लामा सेवा विस्तार गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको गौरादहमा नयाँ उपशाखा स्थापना गरेको हो । जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले स्थपना गरेको  उपशाखा कार्यालयको बीमा समितिका नि. कार्यकारी निर्देशक श्रीमान कार्कीले गरे ।
कार्यक्रममा कार्कीले उप शाखा कार्यालयको स्थापनाबाट स्थानिय स्तरमा बीमितले सेवा प्राप्त गर्ने र यसले बीमा बजारको बिकासमा सघाऊ पुग्ने बताए । साथै समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको बताए ।

कार्कीले नेपालको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको कृषि क्षेत्रको बिकासका लागि सरकारी स्तरबाट समेत कृषि बीमामा अनुदानको व्यवस्था भएकोले यसको लाभ उठाउन आग्रह समेत गरे ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले जीवन बीमाको पहँुच आम जनतासम्म पुर्याउने उदेश्यले शाखा तथा उपशाखा कार्यालयहरुको स्थापनालाई जोड दिदै आएको बताए । साथै चालु आव भित्र मुलुकको ७५वटै जिल्लाहरुमा आफ्नो शसक्त उपस्थितिका लागि प्रयत्नशिल रहेको बताए ।

कम्पनीले दावी भूक्तानी कार्यलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिई सरलिकृत रुपमा दावी भूक्तानी प्रदान गर्दै आईरहेको र आगामी दिनमा यस कार्यलाई थप चुस्त बनाइने बताए ।
कम्पनीले गत आ.व.२०७३।०७४ मा कुल बिमाशुल्क आम्दानी करिब रु. १२ अर्ब, जीवन बीमा कोष करिब रु.४० अर्ब तथा कुल लगानी करिब रु. ४७ अर्ब भन्दा बढि हासिल गरि समग्र जीवन बीमा क्षेत्रमा अग्र स्थान हासिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL