Logo

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम, शुक्रबारदेखि सम्हाले कार्यभार

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम, शुक्रबारदेखि सम्हाले कार्यभार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त भएका छन् । हालै सम्पन्न सञ्चालक समितिको वैठकले उनलाई नियुक्त गरेको हो । उनले नेपाल ग्रिन्डलैज वैंकबाट प्रोफेसनल बैंकिङ्ग करिअर सुरु गरेका थिए ।

साथै हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनवि बैंक, सनराइज बैंक हुदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसिसि बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आउए गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका हुन् ।

समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् । करिव २६ वर्षको बैंकिङ अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमले आजै देखि जिम्मेवारी समेत सम्हालेका छन् । भर्खरै समस्याबाट अगाडि बढ्दै आएको कम्पनीले उहाँको व्यवस्थापकिय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाईमा पु¥याउने योगदानको अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL