Logo

सुशिला रोका आईएमई लाइफको बीमा योजनाको सद्भावना दूत नियुक्त

सुशिला रोका आईएमई लाइफको बीमा योजनाको सद्भावना दूत नियुक्त



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सुशिला रोकालाई प्रोडक्ट एम्बासडर (सद्भावना दूत) घोषणा गरेको छ । कम्पनीले आइतबार कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको हो ।

रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि सद्भावनादुत हुन सफल भएकी हुन्। यसै कार्यक्रममा कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ । यसले अभिकर्ताहरुमाझ स्वस्थ प्रतिस्पर्धाका साथै थप प्रतिबद्ध भई काम गर्ने प्रेररणा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले कम्पनीले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्