Logo

आइएमई लाइफले गर्यो १ महिनामै ३ करोड बढी दावी भुक्तानी

आइएमई लाइफले गर्यो १ महिनामै ३ करोड बढी दावी भुक्तानी



काठमाडौं । आइएमई लाइफले चैत महिनामा ३ करोड २० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले ७५ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।

कम्पनीले २० वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत १ करोड २१ लाख ५७ हजार १७५ रुपैयाँ प्रदान गरेको छ । १७ फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत १ करोड ६२ लाख १० हजार रुपैयाँ प्रदान गरेको छ भने ३८ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत २५ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्