Logo

आइएमई लाइफको सजिलो ई-लोन सेवा सुरु, अब घरबाटै एक लाखसम्मको कर्जा लिन सकिने

आइएमई लाइफको सजिलो ई-लोन सेवा सुरु, अब घरबाटै एक लाखसम्मको कर्जा लिन सकिने



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इ-लोन सेवा उपलब्ध गराउने भएको छ । कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले घरबाटै बीमितले ऋणको लागि आवेदन दिन सक्नेगरी उक्त इ-लोन सेवाको उद्घाटन गरेका हुन् । कम्पनीको यो सेवा अन्तर्गत बीमितले घरबाटै आइएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजारदेखि १ लाख रुपैयाँसम्म इ-लोनका लागि आवेदन दिन सक्नेछन् ।

बीमितले कम्पनीको वेबसाइट मार्फत ऋण आबेदन चौबिसै घण्टा आफु रहेको स्थानबाटै दिन सक्नेछन भने कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन । यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनको लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा गरेको हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पुरा भइसकेको हुनुपर्ने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आइएमई लाइफ इ लोन सेवाले कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको वताए । उनले डिजिटाइजेसन, अटोमेसन र द्रुत सेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउदै लैजाने प्रयास को निरन्तरता भएको बताए

प्रतिक्रिया दिनुहोस्