Logo

आइएमई लाइफले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र, ग्राहकप्रतिको विश्वास झन उच्च

आइएमई लाइफले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र, ग्राहकप्रतिको विश्वास झन उच्च



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ।

उक्त मान्यता प्राप्त गर्ने सिमित बीमा कम्पनीहरु मध्ये एक भएकोले कम्पनीप्रति ग्राहकको विश्वसनियता बढ्नुका साथै कर्मचारीहरु र अभिकर्ताहरुमा निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने उर्जा थपेको छ । साथै कर्मचारी र अभिकर्ताहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले नेपालको जीवन बीमा क्षेत्रमा छुट्टै पहिचान कायम गर्न नेतृत्व विकास, ग्राहक सेवा र सम्बन्ध व्यवस्थापनमा रणनीतिक सुधार ल्याइरहेको बताए। उनले डिजिटाइजेसन र अटोमेसन मार्फत प्रक्रियागत सुधार गर्दै दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This