Logo

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको सिफारिस

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको सिफारिस



काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ। स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्समक्ष गत बुधबार सो नियुक्तिका लागि प्रस्ताव पठाएको छ।

समितिले आवेदन दिएका १० उम्मेदवारसँग फागुन १८ र १९ गते लिएको अन्तर्वार्ता र प्रस्तुतीकरणको मूल्यांकनपछि तीन जनालाई सिफारिस गरेको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार कार्यकारी निर्देशक पदका लागि कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. रघुराज काफ्लेको नाम सिफारिस गरिएको छ। अब मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा निर्णय गर्ने सम्भावना छ।

हाल मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्