काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सरकारलाई झुटो विवरण बुझाएर नियुक्ति लिएको आरोप लगाउँदै दीपक बोहराले उजुरी दर्ता गराएका हुन्।
बोहराले उजुरीमा ओझाले अध्यक्ष पदका लागि पेश गरेको अनुभवसम्बन्धी अधिकांश प्रमाणहरू झुटा रहेको दाबी गर्दै छानबिन र कानूनी कारबाहीको माग गरेका छन्। उजुरीपत्रमा उल्लेख गरिएअनुसार, ओझाले नेपाल सरकारलाई भ्रामक जानकारी दिई नियुक्ति हासिल गरेका छन्, जसको असर लाखौं बीमितहरूले तिरेको करिब सात खर्ब रुपैयाँको उचित व्यवस्थापनमा पर्न सक्छ।
यसअघि, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३ ९पहिलो संशोधन० अनुसार बीमा प्राधिकरणको अध्यक्ष बन्न उम्मेदवारको उमेर ३५ वर्ष पुगेको हुनुपर्छ। तर, ओझाको उमेर ३३ वर्ष मात्र रहेको उजुरीमा उल्लेख छ, जसका आधारमा उनी कानुनी रूपमा पदका लागि अयोग्य रहेको दाबी गरिएको छ।
ओझालाई फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा नियुक्त गरेको थियो। उनको नियुक्ति भएपछि निरन्तर रूपमा उनको अनुभव र योग्यता सम्बन्धी प्रश्नहरू उठिरहेका छन्।