Logo

सानिमा जीआइसी इन्स्योरेन्सको सेयर बिक्रीमा, खरिद गर्न चाहनेले ३५ दिनभित्र निवेदन दिनुपर्ने

सानिमा जीआइसी इन्स्योरेन्सको सेयर बिक्रीमा, खरिद गर्न चाहनेले ३५ दिनभित्र निवेदन दिनुपर्ने



काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले सेयर बिक्रीमा गर्ने भएको छ । कम्पनीले ९५ हजार ९ सय २८ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय, टंगाल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस्